काठमाडौ । नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ।
गएरातिदेखिको अविरल वर्षापछि मनोहरा नदीमा उर्लिएको बाढीका कारण च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो।
एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गरेका छन् ।
गएराति परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका सबैजसो नदीहरुमा पानीको सतह बढेको छ भने बाढीको जोखिम बढेकोले मौसम विज्ञान महाशाखाले सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।






