
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा सानदार सुरुआत गरेको छ ।
टोलीले बुधबार डच क्लब फेयनुर्डविरुद्ध ५–१ को सहज जित निकालेको हो ।
क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन कप्तान राफिन्हाले दुई तथा करिम अदेयमी, लामिन यामल र गाब्रियल जिससले एक–एक गोल गरे । फेयनुर्डका लागि सेम स्टेइनले एक गोल फर्काए ।
खेलको तेस्रो मिनेटमै राफिन्हाको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । २२औँ मिनेटमा अदेयमीले टोलीको अग्रता दोब्बर बनाए ।
राफिन्हाले ५७औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । यामलले ७७औँ मिनेट गोल गर्दा बार्सिलोना ४–० ले अगाडि बढ्यो ।
स्टेइनले ८२औँ मिनेटमा फेयनुर्डका लागि गोल फर्काए । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा जिससले बार्सिलोनाका लागि पाँचौँ गोल गरे ।

