‘तर गत वर्ष नवयुवाहरूले सुशासन र सामाजिक सञ्जालका विषयमा गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुरपैठ गरी आपराधिक समूहहरूले योजनाबद्ध रुपमा हिंसा भड्काए’ अध्यक्ष ओलीले भनेका छन्, ‘संसद् भवनमा आक्रमण गर्दै दुरुत्साहन गरे । नवयुवाहरूलाई षडयन्त्रपूर्वक घेरेर संसद् भवन अगाडि लगियो र छ्दम ढंगले कसैले गोली चलायो ।’
यसक्रममा १७ जनाको अमूल्य जीवन त्यहीँ अन्त्य भएको उनले स्मरण गरे ।
शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर त्यस दु:खद अवस्थाको सिर्जना गर्ने तत्वहरूको उदेश्य बेग्लै रहेको भन्दै उनले भने, ‘भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरवार, संसद् भवन, सर्वोच्च अदालत, पार्टी कार्यालयहरू र निजी सार्वजनिक सम्पति लगायतमाथि जुन स्तरको तोडफोड, लुटपाट, आगजनी र मानवीय क्षति गरियो । त्यो अघिल्लो दिनको मानवीय क्षतिको आवेग मात्र थिएन ।’ ओलीले भनेका छन् ।

