
काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि काठमाडौँ उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरिएको छ।
बिहानैदेखि सर्वसाधारण सिलिन्डर लिएर लाइनमा बसेका छन्।
नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा विभिन्न ग्यास उद्योगमार्फत ग्यास बिक्री गर्न लागेको हो।
