
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदलाई न्यायाधीश नबन्न चेतावनी दिएका छन् ।
उनले कानुन समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
“उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन । अरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न पाइँदैन । यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ,”
उनले भने, “आईजीसहित कर्मचारी सरकारको स्पिरिटमा काम गर्न खट्नुभएको छ । आरोप लगाउन जो सुकैले लगाउन सके । तर पुष्टि नभएसम्म करार गर्न हुँदैन । यो गम्भीर विषय थियो–कहाँ गएर भनौँजस्तो लागेको थियो ।”

