
काठमाडौँ।सेनेगलविरुद्धको खेलमा फ्रान्स विजयी भएको छ ।
खेलमा फ्रान्स ३-१ गोलले विजयी भएको हो ।
फ्रान्सका लागि कप्तान क्लेइन एम्बाप्पे र ब्राड्ली बाराकोलाले गोल गरे । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६८औँ मिनेटमा एम्बाप्ले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ८२ औँ मिनेटमा फ्रान्सका ब्राड्ली ब्राकोलाले गोल थपे ।
खेलको इन्जुरी टाइमा सेनेगलका इब्राहिम बायले गोल फर्काए । त्यसको केही समयमै एम्बाप्ले अर्को गोल गरे । उनले विश्वकपमा फ्रान्सका लागि १४ गोल गर्दै रेकर्ड बनाएका छन् ।

