
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने भएका छन् ।
भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार बिहान १०:३० बजे नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गर्न लागेको हो । भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यका विभिन्न आयामबारे छलफल हुने अपेक्षा गरिएको छ ।
यसअघि मंगलबार लामिछानेले एस जयशंकर, अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन सँग भेटवार्ता गरेका थिए । रास्वपाका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम रहेको छ ।
भारत भ्रमणका क्रममा टोलीले विभिन्न राजनीतिक नेतृत्व तथा सरकारी अधिकारीहरूसँग भेटघाट र छलफललाई निरन्तरता दिएको छ ।




