
काठमाडौँ।सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको महानिर्देशकमा डंगोललाई नियुक्त गर्ने निर्णय गरेको हो।
डंगोल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुन्।

