
पोखरा। नेपाल स्रष्टा समाज,गण्डकी प्रदेशको पुनर्गठन भएको छ ।
एक कार्यक्रमबीच रीता न्यौपाने पहारीको अध्यक्षतामा पुनर्गठित उक्त समितिमा उपाध्यक्ष हरिदेवी कोइराला,सचिव पदमराज ढकाल,कोषाध्यक्ष सरस्वती श्रेष्ठ ‘सरु’ रहेका छन् ।
यसैगरी समितिको सदस्यमा कृष्णप्रसाद वास्तोला,दुर्गा बहादुर शाह ‘बाबा’ ,कृष्णप्रसाद पौडेल,कल्याण पन्त,धर्मराज पौडेल ‘अल्पायु’ रहेका छन् ।
मंगलबार समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ सहितको समाजको केन्द्रीय कार्यसमितिको टोलीको उपस्थितिमा प्रदेश कमिटी पुर्नगठन गरिएको हो ।





