काठमाडौं।नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल हुन पुगेको बताएका छन् ।
सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमा आफू समाहित भएपछि गरेको सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् ।
‘हामीजस्ता पार्टीमा फर्कनका लागि आउनुभएका साथीहरूको जीवनको सबैभन्दा सत्य क्षण हो । विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लागेका थियौं,’ उनले भने- ‘यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल भयो । यो समयले पनि बताएको छ ।’
उनले एमाले देशको मूलप्रवाह भएको बताए । एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी नेता भएको उनको भनाइ छ । देशको समस्याको निकास एमालेसँगै रहेको श्रेष्ठले बताए ।
उनले एकीकृत समाजवादीमा जाने जीवनकै सबैभन्दा ठूलो भुल भएको पनि बताए ।