
काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।
शुक्रबार बिहान खु्मलटारमा बसेको माओवादी पदाधिकारीको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको गतिरोध कायमै राख्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भिजिट भिसा प्रकरणमा संलग्न रहेका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने निर्णय भएको बताए ।




