काठमाडौं ।सर्वोच्च अदालतले कुलमान घिसिङको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले घिसिङको रिटमा अन्तरिम आदेश जारी नगरेको स्रोतले जनाएको छ।
घिसिङले आफूलाई गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयले दिएको पत्र, हितेन्द्रदेव शाक्यलाई गरेको नियुक्ती बदर गर्न माग गरेर रिट दर्ता गराएका थिए ।
उनले त्यो मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई नै कार्यकारी निर्देशकको रूपमा काम गर्न दिन अन्तरिम आदेशको समेत माग गरेका थिए।
न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवै पक्षको छलफल सुनेपछि मात्रै अन्तरिम आदेशका बारेमा निर्णय लिन उपयुक्त हुने भन्दै आगामी आइतबार दुवै पक्षलाई झिकाएको हो ।

