
पनौती,काभ्रे ।श्री जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि.को पाँचौ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
राजकुमार सापकोटाको अध्यक्षतामा क्रमशः उपाध्यक्ष रामचन्द्र सापकोटा,सचिव श्यामहरी सापकोटा, कोषाध्यक्ष तिर्थराज सापकोटा, सहसचिव अनिता न्यासुर र सदस्यहरुमा सुन्तोली तामाँग,बालकृष्ण बहादुर तामाँग, नारायण श्रेष्ठ,साधुराम सापकोटा,लोकनाथ सापकोटा,भोलानाथ सापकोटा,निर्मला सापकोटा, विजय सापकोटा,शर्मिला फुयाँल सापकोटा र राजकुमार रञ्जितकार निर्विरोध निर्वाचित भए ।

यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रदीप सापकोटा र सदस्यहरुमा क्रमशः लिलानाथ गौतम र मन्दिरा हुमागाईँ सापकोटा निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यदलका संयोजक इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
राजकुमार सापकोटाको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थले मुलुकमा सहकारीकर्मी भन्दा मुख लुकाउनु पर्ने परिस्थिति सृजना हुनु दुखद भएको बताए । “समुदायमा आधारित सहकारी बलियो हुने उनको तर्क थियो । समुदायमा आधारित सदस्य भएका सहकारी मात्र टिकेका देखिए । तिनीहरु मात्र आर्थिक सुशासनले भरिएका पाइए। त्यस्ता सहकारीले मात्र वचत सुरक्षा गर्न सकेको पाइए । यसको विपरित वर्तमान समयमा अध्ययन गर्दा सञ्चालकले लिएर रिन नतिर्ने,कर्मचारी भ्रष्ट हुने,विना धितो ऋण प्रवाह हुने,लेखा समिति निकम्बा हुने,अस्वस्थ होडवाजी गर्दै वोनस वितरण गर्ने,संस्थाहरु बिचको अन्तरलगानी, संस्था विधिसम्मत नचल्ने जस्ता कारणले सहकारी समस्यामा परेको देखिए । ”

जनमैत्री समुदायमा आधारित भएको र यसका सञ्चालकहरु इमान्दार सहकारीकर्मी भएकोले यस्तो संकटमा पनि जनमैत्रीले नाफा गर्नु र सुशासनयुक्त सहकारी सञ्चालन गर्नसकेको हो भन्नेमा कायस्थले जोड दिए ।
हिमालयन लिक्की फाउण्डेशनका नेपाल प्रतिनिधि पदम बहादुर तामाँगले महिलाहरुको समुह गठन र परिचालन गरी उनीहरुमार्फत विभिन्न व्यवसायिक गतिविधि गर्न,उनीहरुलाई प्राविधिक परामर्श र तालिमहरु दिन जनमैत्रीसँग फाउण्डेशनले सहकार्य गरेको बताउँदै आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरे ।
बागमति प्रदेश सहकारी संघका सदस्य कृष्णप्रसाद तिमल्सिना,जिल्ला सहकारी संघका सञ्चालक सागर रंजित,वरपिपल बहुउद्धेश्यीय सहकारीका व्यवस्थापक लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
बन्द शत्रमा लेखा सुपरिवेक्षण समितिका संयोजक प्रदीप सापकोटाले आफ्नो समितिको प्रतिवेदन पेश गर्दै आफ्नो मन्तव्य राखेका थिए । कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरे भने अध्यक्ष राजकुमार सापकोटाले प्रगतिप्रतिवेदन सहित भावी कार्ययोजना सम्बन्धमा आफ्नो धारणा राखे ।

बन्दसत्रमा सााधारण सभामा पेश गरेका सम्पूर्ण एजेण्डाहरु सर्वसम्मत पारित भएको थियो ।
निर्वाचन कार्यदलका संयोजक इन्द्रप्रसाद अधिकारीले निर्वाचितहरुको नाम घोषणा गरेका थिए । अधिकारीले निर्वाचित सञ्चालक समिति एवं लेखासुपरिवेक्षण समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई सपथ गराउँदै प्रमाणपत्र वितरण गरे ।
सल्लाहकार केदारनाथ सापकोटा,पदम बहादुर तामाँग र गुणनाथ सापकोटाले खादा तथा टिका लगाएर नव निर्वाचित सञ्चालक समिति एवं लेखासुपरिवेक्षण समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिएका थिए ।
साधारण सभाको सञ्चालन सचिव श्यामहरी सापकोटा र स्वागत मन्तव्य प्रमुख व्यवस्थापक वेदप्रसाद सापकोटाले गरेका थिए ।
महिला १५२९ र पुरुष १५४६ गरी कूल ३०७६ शेयर सदस्य रहेको जनमैत्री साकोसको शेयर पूँजी ३ करोड १३ लाख पैतालीस हजार रहेको छ ।




