
काठमाडौं । दक्षिण कोरियामा राष्ट्रपतिविरूद्ध महाअभियोग प्रस्ताव पेस भएको छ।
राष्ट्रपति युन सुक योलले घोषणा गरेको सैनिक कानुनलाई विफल पारेका विपक्षी दलले उनीविरूद्ध महाभियोग प्रस्ताव ल्याएको हो।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाए अनुसार मुख्य विपक्षी दल डेमोक्र्याटिक पार्टी (डिपिके) र अरू साना गरी ६ दलका सांसदहरूले राष्ट्रपति योलविरूद्ध महाभियोग प्रस्ताव ल्याएका हुन्।
विपक्षी दलका सांसद किम योङ मिनले राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्ताव ल्याइएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
राष्ट्रपति योलको राजीनामा माग्दै १० लाखभन्दा बढी सदस्य भएको ट्रेड युनियनले अनिश्चितकालीन आमहड्ताल घोषणा गरेको छ। सियोलमा नागरिकहरु ८ लेनको सडक पूरै ढाक्नेगरी उपस्थित भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।


