लालबन्दी । यस वर्षको लालबन्दी वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार पत्रकार एवं आख्यानकार अखण्ड भण्डारीको उपन्यास “बोरा”लाई प्रदान गरिएको छ ।
शनिबार लालबन्दी वाङ्मय परिषदद्धारा यहाँ आयोजित कार्यक्रममा उक्त पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई,लालबन्दी नगर वाङ्मय परिषदका प्रमुख संरक्षक बासुदेव अधिकारी,प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने लगायतले उक्त पुरस्कार भण्डारीलाई अर्पण गरे ।
नगद रु.५० हजार सहित सम्मानपत्रद्धारा भण्डारीलार्य सम्मान गरिएको हो ।
यसैगरी “साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार” बरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । उनलाई रुं ५० हजार नगद सहित सम्मानपत्रद्धारा सम्मानित गरिएको हो ।
यसैगरी ‘स्थानीय प्रतिभा पुरस्कार’ लालबन्दीका शंकर श्रेष्ठलाई प्रदान गरिएको छ । रु.२५ हजार नगद राशी र सम्मान पत्र सहित उनलाई सम्मान गरिएको हो ।