काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ ।
संसदको सार्वजनिक लेखा समितिले प्राधिकरणका परियोजनामा भएको अनियमितताको उजुरीमाथि छानबिन गरिरहेको बेला अख्तियारले छापा मारेको हो । बुधबार कार्यालय खुल्नेबित्तिकै अख्तियारको एक टोली पुगेर छापा मारेको हो ।
आयोगको टोलीले प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।