
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।
उनी आज दिउँसो १:३० को नेपाल एयरलाइन्स उडानबाट भारत प्रस्थान गरेका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत हुन लागेको बैठकमा सहभागी हुन उनी भारत गएका हुन् ।
बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।
