
काठमाडौँ । उद्यमी विनोद चौधरीले नेपाली कांग्रेसको उपसभापति पदमा उमेदवारी दिएका छन् ।
चौधरीले समावेशी समूहबाट उपसभापतिमा उमेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि उमेदवारी दर्ता भइरहेको छ ।
महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उमेदवारी फारम वितरण तथा दर्ताको प्रक्रिया अघि बढाएको छ ।




