
काठमाडौँ । रेखा यादव निर्झरको कथाकृति ‘प्रश्न ‘? को लोकार्पण भएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव,पूर्व मन्त्री शरदसिंह भण्डारी,वरिष्ठ समालोचक प्रमोद प्रधान,राधेश्याम लेकाली र कथाकार यादव लगायतले उक्त कृति लोकार्पण गरे ।
प्रमुख अतिथि यादवले राजनीतिक परिवर्तन आएको भएपनि व्यवहारिक रुपमा सोचे अनुरुप नभएकोले जनताले दुख पाएको बताए । उनले के को लागि लेख्ने भन्ने बारेमा पनि प्रष्ट पारे ।
समालोचक प्रमोद प्रधानले कृतिको रुपमा कथाकार यादवको पाँचौ कृति भएपनि कथासङ्ग्रहको रुपमा यो पहिलो भएको भन्दै कथाका विषयवस्तु हाम्रै समाजको उपज भएको भन्दै कथाकारले आफुले देखे भोगेका कुराहरुमा कथानक बुनेको बताए ।
प्राडा विनोदकुमार विश्वकर्माले कृतिमा समावेश भएका २२ वटै कथाको हिन्दी भाषामा समीक्षा गरे ।
सभाध्यक्ष राधेश्याम लेकालीले सबैलाई स्वागत गर्दै कथाकारको बारेमा संंक्षिप्त प्रकाश पारे ।उनले कथाकार यादव साहित्यकार,समाजसेवी र राजनीतिक व्यक्तित्व रहेको बताए ।
कार्यक्रममा पुस्तक प्रकाशक बलराम महतो, पूर्व मन्त्री शरत सिंह भण्डारीले रेखा यादवको साहित्य सिर्जनाका बारेमा संक्षेपमा प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए।
कथाकार यादवले कथाकृतिको रचना गर्भबारे स्पष्ट पारिन ।
कार्यक्रममा कथाकारलाई सम्मान गरिएको थियो ।
युवा पत्रकार स्मृति मिश्रले कार्यक्रम सञ्चालन गरेकी थिइन्।


