
काठमाडौं । नेपालले जापानमा जारी एसियाली खेलकुदमा भलिबलतर्फ नवौँदेखि १४औँ वरीयताका लागि भएको प्लेअफ खेलमा हङकङसँग हार व्यहोरेको छ । जापानले नेपाललाई सोझो सेटमा हराएको हो ।
नेपालले यसअघि प्लेअफमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो ।
ओकाजाकी चुओ सोगोपार्कमा भएको उक्त खेलमा जापनले पहिलो, दोस्रो र तेस्रो सेटमा क्रमशः २५–२०, २५–१९ र २६–२८ को नतिजा हात पारेको थियो ।
प्लेअफअघि नेपालले समूह चरणमा जापान र इन्डोनेसियासँग खेल्दा दुवै खेलमा सोझो सेटमै पराजित भएको थियो


