
काठमाडौँ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावर हाउसभित्र शव फेला परेको छ।
आयोजनाका म्यानेजिङ डाइरेक्टर बाबुराजा महर्जनका अनुसार हालसम्म तीन वटा शव फेला परेको जानकारी उद्धारकर्मीले दिएका छन्।
‘म पनि आयोजनास्थलमै छु। अहिले तीन वटा शव फेला परेको जानकारी आएको छ,’ उनले भने।
यो आयोजनाको पावर हाउस तथा गेटमा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूभित्रै फसेको आशंका गरिएको थियो।
त्यहाँ नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले एउटा शव निकालिएको र अन्य निकाल्ने क्रममा रहेको जानकारी दिए।


