
काठमाडौँ। कार्यकाल पुरा गरी भारत फर्किन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्र सचिव राईले दुई देशको जनता–जनताको बिचमा सम्बन्ध विस्तार गर्न राजदूत श्रीवास्तवले खेलेको भूमिका प्रशंसा गर्दै नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकालाई नेपाली जनताले सदैव सम्झी रहने बताएका थिए ।
विशेष गरी ऊर्जा, सीमापार पूर्वाधार निर्माणको क्षेत्रमा दुई देशबिच महत्त्वपूर्ण कामहरू भएको उल्लेख गर्दै सचिव राईले श्रीवास्तवको आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।


