
सर्वदलीय बैठकले भोटेकोसी बाढीबारे संसदीय विशेष समिति बनाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्ने निर्णय गरेको छ ।
सभामुखलाई सात दिनभित्र संसदीय समिति बनाउन आग्रह गरिने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले जानकारी दिए ।
“सकेसम्म एक हप्ताभित्र नै विशेष समिति गठन होस्,” उनले भने, “जलवायु परिवर्तनको विषयलाई, अहिलेको विपद्लाई लिएर छलफल गरोस्, अरु संसदबाट गर्नुपर्ने काम त्यसले गरोस् ।”


