काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको तयारी थालनी गरेको छ ।
यसै क्रममा महाधिवेशन मूल ब्यवस्थापन कमिटीका सबै विभाग र निकायले निर्धारित समयमै महाधिवेशन गर्ने गरी कार्यतालिका अनुरुप द्रुततर गतिमा काम बढाएका छन् । प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यताको अभिले,प्रगतिविवरण केन्द्रमा बुझाई सकेका छन् ।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्न लागिएको दशौं राष्ट्रिय महाधिवेशनलाई केन्द्रीत गरी सबै कमिटी,विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधीको फोटो सहितको विवराण पठाउन निर्देशन दिइएको छ।