काठमाडौं । मधेश प्रदेश सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय लिन महन्थ ठाकुर नेतृत्वको लोकताँन्त्रिक समाजवादी पार्टी(लोसपा)ले आफ्ना पदाधिकारी बैठक बोलायो ।
भोली आइतबारको निम्ति डाकिएको बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने भनिएको छ । मधेश प्रदेशमा नेकपा एमाले,माओवादी केन्द्र,जनमतबीच जनमतको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो ।