काठमाडौं,
काभ्रेपलाञ्चोक,काभ्रे उद्योग बाणिज्य सँघको नयाँ नेतृत्वको लागि मतदान भैरहेको छ । अपरान्ह १.३० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म चल्ने बताइएको छ ।
अध्यक्ष पदका लागि तीनजना प्रत्यासीहरु मैदानमा उत्रिएका छन् । अध्यक्ष पदका लागि प्रताप बैद्य,राजन मानन्धर र बसन्तनारायण भोछिभोयाको उम्मेदवारी छ ।
१हजार दुई सय एकाउन्न मतदाता रहेको संघको निर्वाचनमा अध्यक्ष १,बरिष्ठ उपाध्यक्ष ,उपाध्यक्ष २,महासचिव,सचिव,कोषाध्यक्ष,सहकोषाध्यक्ष,मुख्य संयोजक र सहसंयोजक गरी १५ जना पदाधिकारी तथा १० जना खुल्ला सदस्य,२ जना महिला सदस्य,क्षेत्रगत ८ जना र मनोनित ३ गरी ३८ सदस्यीय कार्यसमिति हुने विधानको ब्यवस्था छ । यसैले ३५ पदमा आज निर्वाचन हुन लागेको हो ।
निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद खनालका अनुसार ६ सदस्य पदमा निर्विरोध भएको छ । ८ वटा क्षेत्रगत सदस्यपदमा उम्मेदवारी नै दर्ता भएको छैन् । त्यसैले आजको निर्वाचनमा १५ पदाधिकारी तथा १० खुला सदस्यको मात्रै निर्वाचन हुनेछ/
ADVERTISEMENT