नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौ संस्करण सकिएको छ।
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौ संस्करण सकिएको छ।
चार दिनसम्म मेरिल्याण्ड राज्यमा सञ्चालन भएको महोत्सवको उद्घाटनमा नवीन सुब्बा निर्देशित फिल्म गाउँ आएको बाटो देखाइएको थियो। फिडेल देवकोटा निर्देशित फिल्म द रेड सुटकेसु प्रदर्शनसँगै समापन भएको महोत्सवको अन्तिम दिन विभिन्न फिल्मलाई पुरस्कृत गरिएको थियो /
महोत्सवमा नेपाल,अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३५ फिल्महरू प्रदर्शन गरिएको थियो।
महोत्सवको निर्णायक मण्डलको संयोजकमा नेपाली निर्देशक दीपक रौनियार र सदस्यमा नीना स्ट्रेइच, रेविका बस्तामेन्टी, माइकल ब्राउन, ल्यारी एंगेल थिए। समापन समारोहमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई उपस्थित भएको आयोजकले जनाएका छन् ।