काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
मंगलबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, अब्दुल अजीज मुसलमानको इजलासले रिट खारेज गरेको हो।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ना गराएका थिए। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार रिट खारेज भएको र यसको पूर्णपाठ केही दिनमा आउने छ ।
वैशाख २७ गते निवर्तमान मुख्यमन्त्री कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै परमादेश माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए।