No YouTube URL provided.
बैतडी । गत फागूनदेखि सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न मनाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीको अगुवाईमा जिल्ला प्रहरी कार्यालय बैतडीले अभियान थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।
हालसम्म २५ जनालाई कारबाही गरिएको पनि बैतडी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार सचेतन अभिवृद्धि र कारबाही दुबै थालिएको छ । जनही एक सय रुपैयाँ जरिबाना गरिएको पनि उनले जानकारी दिए । यो अभियानले अहिले सार्वजनिकस्थलहरुमा धुम्रपान गर्ने क्रममा कमि आएको छ ।