काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रकृयाका बाँक िकार्यभार पुरा गर्नुपर्ने बताएका छन् । आज काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी भएका सम्पूर्ण कार्य राष्ट्रिय सहमतिमा तत्काल पुरा गर्न सकिने कुरामा उनको जोड थियो ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बाँकी काम सकेर शान्ति प्रकृया टुँग्याउन जरुरी भैसकेको उनको धारणा थियो ।