न्यूयोर्क । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिला विरुद्धको विभेद उन्मूल कमिटी(सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् ।
शुक्रवार भएको निर्वाचनमा उनले ४६ मत प्राप्त गरी विजयी भएकी हुन् । आगामी २०२५ देखि २०२८ सम्मका लागि उनी सदस्य चुनिएकी हुन् । उनी यस अघि पनि उक्त कमिटीको सदस्य रहेकी थिइन ।
उक्त कमिटीमा २३ सदस्य रहने प्रावधान रहेको छ ।