
काठमाडौं जेठ २६ गते । आठौं एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको पुताउ प्रस्थान गरेको छ ।
जुन १० देखि १५ तारिखसम्म हुने ३ वाइ ३ स्वरुपको प्रतियोगितामा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा नृपेश श्रेष्ठ छन् ।
उक्त प्रतियोगिता मकाउमा अक्टोबरमा हुने फिसु विश्वको छनोटका रुपमा समेत रहेको नेपाल विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्णसिंह बोहराले जनाएका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार राजु सिंहले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।






