KLANG, MALAYSIA - MAY 27: Pictures from the match between Nepal and China during the Asian Games Qualifier Women's 2026 at Bayuemas Oval on May 27, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।
आज समुह चरणका सबै खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देश र क्वाटरफाइनलको समीकरण टुंगो लागेको हो । जस अनुसार समुह ए बाट थाइल्याण्ड र जापान, समुह बी बाटयुएई र ओमान, समुह सी बाट इन्डोनेसिया र मलेसिया र समुह डी बाट हङकङ र नेपाल क्वाटरफाइनलमा पुगेका छन् ।
अब क्वाटरफाइनलका खेलहरु बुधबार हुदैछन् । जसमा नेपालले थाइल्याण्डको सामना गर्ने भएको छ भने हङकङले जापानको सामना गर्ने भएको छ । यी दुवै खेल बिहान सवा ७ बजेदेखि शुरु हुने छन् । त्यस्तै युएईले मलेसिया र इन्डोनेसियाले ओमानसँग क्वाटरफाइनलमा खेल्ने तय भएको छ । यी दुवै खेल विहान ११: ४५ बजेदेखि शुरु हुने छन् ।
१८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुने छन् ।






