काठमाडौं । तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले शुक्रबार पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जितिन्। उनले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै पदक जितेकी हुन् ।
पलेशाले ६ दशक लामो ओलम्पिकमा पदकविहीन यात्रा अन्त्य गर्दै पदक जित्ने नेपालको पहिलो खेलाडी बनिन् ।नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन थियो । उनले यो सफलता आफ्नो मात्र नभएर नेपालकै भएको समेत बताएकी छन् । ‘म मात्रै होइन, हरेक नेपालीले गर्वका साथ हामीसँग एउटा मेडल छ भन्न सक्छन् । यो कांस्य पनि हाम्रो लागि ठूलो होे, पलेशाले बताएकी छिन् ।
पारालाई छाडेर ओलम्पिकमा ६ दशक यात्रामा ९२ खेलाडीले सहभागिता जनाएका छन् ।
उनी वाइल्ड कार्डबाट पाराओलम्पिक्स २०२१ मा नेपालबाट प्रतिनिधित्व गर्ने एक्लो खेलाडी हुन् ।