
काठमाडौं, मंसिर २७ गते । दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा सहभागी नेपाली टोली शनिबार स्वदेश फर्किएको छ ।
कांस्य विजेता रेणु तामाङ र प्रशिक्षक कविराज नेगी लामा स्वदेश फर्किएका हुन् । रेणुले महिला ४७ केजीमुनि नेपाललाई कांस्य दिलाएकी थिइन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघ, सल्लाहकार परिषद्का अध्यक्ष प्रकाशशमशेर राणा र महासचिव हेमन्त डाँगी, संघका प्रशासन प्रमुख प्रल्हाद थापा, परिवारजन, राष्ट्रिय पारा तेक्वान्दो टिमका खेलाडीलगागतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।




