काठमाडौं । यूरोकप २०२४ को पहिलो सेमिफाइनलमा आज पूर्वविजेताद्वय स्पेन र फ्रान्सबीच हेभिवेट भिडन्त हुँदैछ ।
दुई टोलीको तुलना गर्दा स्पेनले जारी यूरोकप अहिलेसम्म ११ गोल गरिसकेको छ भने जम्मा दुई गोल मात्र बेहोरेको छ ।
भने फ्रान्सले अहिलेसम्म गरेको दुई गोलमा एउटा पेनाल्टीबाट सम्भव भएको थियो भने अर्को आत्मघाती गोल उपहार पाएको थियो । स्टार कप्तान केलिएन एमबाप्पे सुरुमै नाकको चोटबाट गुज्रिएका छन् भने अन्य खेलाडीहरुले पनि अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा फ्रान्स गोल गर्नकमजोर देखिएको छ ।
उता स्पेनका मिडफिल्डर चोटका कारण युरोबाटै बाहिरिएपछि फ्रान्सविरुद्धको खेल गुमाउनेछन् ।
स्पेन १२ वर्षपछियूरोकप फाइनलमा पुग्ने लक्ष्यमा छ भने फ्रान्स पछिल्लो ८ वर्षमा चौथो पटक मुख्य प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ । फ्रान्सले सन् २०१८ मा फिफा विश्वकपको उपाधि जितेको थियो भने २०१६ मा यूरोकप फाइनल र २०२२ मा विश्वकप फाइनल खेलेको थियो ।
स्पेन र फ्रान्स एकआपसमा प्रतिस्पर्धा गर्न लागेको यो छैटौंपटक हो । यसअघिका दुई विच भएका प्रतिष्पर्धामा पाँचमध्ये तीन खेल फ्रान्सले जितेको छ । सन् १९८४ को यूरोकप फाइनल, २००० को यूरोकप क्वाटरफाइनल र २००६ को विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्सले स्पेनलाई पराजित गरेको थियो ।
भने स्पेनले एक खेल जितेको छ । स्पेनले सन् २०१२ कोयूरोकप क्वाटरफाइनलमा स्पेनले फ्रान्सलाई पराजित गरेको थियो । १९९६ को यूरोकप को समूह चरणमा भने यी दुई टोलीले बराबरी खेलेका थिए ।
स्पेन र फ्रान्स दुवै छैटौं पटक सेमिफाइनल खेल्दैछन् । दुबैको लक्ष्य यूरोकप फाइनल पुग्ने र यूरोकप चुम्ने रहेको छ । नेपाली समय अनुसार राति १२.४५ बजे म्युनिखस्थित म्युनिख यूरोकप फुटबल एरेनामा हुने उक्त खेल कडा प्रतिष्पर्धा र रोमाञ्चक हुने आँकलन गरिएको छ ।