काठमाडौं । मेरिह डेमिरको दुई गोलमा अष्ट्रियालाई २(१ ले पराजित गर्दै टर्की युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जर्मनीमा भइरहेको युरो २०२४ मा ठिकैको प्रदर्शन गरिरहेको टर्कीले १६ वर्षपछि युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो ।
लाइपिजगस्थित रेडबुल एरेनामा मंगलबार भएको खेलमा डेमिरलले खेलको पहिलो मिनेटमै गोल गर्दै टर्किएलाई अग्रता दिलाएका थिए । उनले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टर्कीको अग्रता दोब्बर पारे ।
६६औं मिनेटमा अष्ट्रियाका माइकल ग्रेगोरिट्स्चले गोल गर्दै अष्ट्रियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा टर्कीले अन्तिम ८ मा स्थान बनाएको हो ।