ब्राजिल कोपा–अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।
कोपा–अमेरिकाको ४८औँ संस्करण अन्तर्गत बुधबार बिहान खेलिएको खेलमा बलियो कोलम्बियालाई १–१ गोलको बराबरीमा रोक्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो ।
ब्राजिल समूह ‘डी’ को उप–विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । ब्राजिलले तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीबाट पाँच अङ्क बटुल्यो । त्यो समूहबाट सात अङ्कसहित कोलम्बिया पहिलो हुँदै क्वार्टरफाइनलमा प्रवेश गर्यो ।
खेल सुरु भएको १२औँ मिनेटमै राफिन्हाले ब्राजिलका लागि पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा कोलम्बियाको डयानियल मुनोजले जवाफी गोल गरेको थिए।