काठमाडौं । गोलकिपर डिएगो कोस्टा नायक बनेपछि पोर्चुगल स्लोभेनियालाई पेनाल्टीसुटआउटमा स्लोभेनियालाई हराएर युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको
छ ।
निर्धारित र थप ३० मिनेटको खेल गोलहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जहाँ पोर्चुगलका किपर नायक बन्दै तीन पेनाल्टी बचाए ।
त्यसअघि नै अतरिक्त समयमा पोर्चुगलले पेनाल्टी पाएको थियो । तर, क्रिस्टियानो रोनाल्डोको पेनाल्टी प्रहार स्लोभेनियाका गोलकिपर जान ओबलाकले बचाएका थिए ।