काठमाडौं / युरो २०२४ मा सोमबार राति फ्रान्स र बेल्जियम भिड्दै छन् । यो प्रिक्वाटरफाइनलको ठूलो खेल हो ।
खेल जित्ने टोली क्वाटरफाइनल पुग्नेछ भने हार्ने बाहिरिनेछ ।
यी दुई देश छिमेकी हुन् । युरोपमै मात्र होइन्, विश्व फुटबलकै बलिया टोली हुन् । फिफा वरीयतामा फ्रान्स नम्बर २ हो भने बेल्जियम नम्बर ३ मा छ । त्यसैले आजको प्रतिष्पर्धालाई युरोकै ब्लकबस्टर प्रतियोगिता मानिएको छ ।
तर यो पटकको संस्करणमा दुबै फ्रान्स र बेल्जियमको प्रदर्शन अपेक्षा अनुसार राम्रो हुन सकेको छैन् ।