No YouTube URL provided.
काठमाडौं । जर्मनीमा जारी युरो २०२४ अन्तर्गत बुधबार राति भएको समूह ई को दुवै खेल बराबरीमा सकिएको छ ।
बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा फ्रांकफर्टमा रोमानिया र स्लोभाकियाले पनि १(१ को बराबरी खेले ।
ओन्ड्रेज डुडाले २४औं मिनेटमा गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएपनि रोमानियाका राजभान मारिनले ३७औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरेका थिए ।
बराबरीपछि चारै टोलीको समान ४ अंक हुँदा समीकरण रोमाञ्चक बनेको थियो ।
तर, गोल अन्तरका आधारमा रोमानिया समूह ई को विजेता बन्दै नकआउट चरणमा पुग्दा बेल्जियम समूह उपविजेता बन्यो ।