काठमाडौं । साविक विजेता अर्जेन्टिना कोपा अमेरका २०२४ को नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ ।
लाउटारो मार्टिनेजको निर्णायक गोलमा चिलीलाई १ गोलले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।समूह ए मा लगातार दुई खेल जित्दै ६ अंक जोडेको अर्जेन्टिनाले एक खेल अगावै नकआउट चरणमा स्थान पक्का गर्यो ।
न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लाउटारोले ८८औं मिनेटमा गोल गरेका थिए । यसअघि अर्जेन्टिनालाई क्यानडालाई पहिलो खेलमा पराजित गरेको थियो ।