काठमाडौ । हाइली क्रिएटिभ र गोल्डेन सुन्गाभा तेश्रो निस्ट कपअन्तर्गत जुनियर ब्वाइज फुटबलमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
लोकन्थलीस्थित आयोजक भक्तपुर निस्ट स्कुलमा भइरहेको प्रतियोगितामा हाइली क्रिएटिभले विद्यावाणी पाठशालालाई २–० तथा गोल्डेन सुन्गाभाले त्रियोगलाई ४–१ गोलले पराजित गरे । मल्पी इन्टरनेसनल स्कुलले एभरेष्ट पब्लिकलाई ७–२ तथा श्री सञ्जय साइ विद्या मन्दिरले गेटवे एकेडेमीलाई टाइब्रेकरमा २–१ गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
यससंगै क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा मल्पीले श्री सञ्जय साइ, गोल्डेन सुन्गाभाले वेदाङ्ग, आर्या एकेडेमीले हाइली क्रिएटिभ तथा नेक्सस इन्टरनेसनल एकेडेमीले निस्टको सामना गर्ने छन् ।
बास्केटबलको सिनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । जनप्रेमी वल्र्ड स्कुलले निस्ट, राजश्री गुरुकुलले एभरेष्ट, टीआईएले गेटवे र बौद्ध इन्टरनेसनल स्कुलले तपोभूमि विरुद्ध खेल्ने छन् ।