आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को गएराति सम्पन्न खेलमा अफगानिस्तानलाई ४७ रनले हराउँदै भारतले ऐतिहासिक जित हात पारेको हो।
भारतले दिएको १८२ रनको लक्ष्यसहित मैदान उत्रेको अफगानिस्तानले निर्धारित ओभर खेल्दै सबै विकेट गुमाएर १३४ रन मात्रै बनायो ।
टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८१ रन बनायो। भारतको जितका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रनको पारी खेले भने हार्दिक पाण्ड्याले ३४ रन बनाए। विराट कोहली २४ र रिषभ पन्त २० रनमा आउट भए।
अफगानिस्तानका लागि कप्तान राशिख खान र फजलहक फारुकीले समान ३र३ विकेट लिए भने नविन उल हकले १ विकेट हात पारे।
भारतले पहिलोपटक बारबाडोसको राजधानी ब्रिजटाउनको मैदानमा खेल जितेको हो। यसअघि भारतीय टीमले यस मैदानमा खेलेको टी–२० खेलमध्ये कुनैमा पनि जित निकाल्न सकेको थिएन।
यससंगै समूह १ मा रहेको भारतले २ अङ्क जोडेको छ ।