नेपाल आज बिहान भएको टी २० अन्तर्गत दक्षिण अफ्रिकासँगको खेलमा पराजित भएको छ । यो पराजयसँगै नेपालको अर्काे चरणमा पुग्ने सम्भावना सकिएको छ ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि नेपाल १ रनले पराजित भएको हो ।
नेपालका लागि ओपनर असिफ शाहले सर्वाधिक ४२ रन बनाए भने अनिल शाहले २४ बलमा २७ रन जोडे । कुशल भुर्तेल १३ रन बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरीले ६ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शुन्यमा आउट भए । दक्षिण अफ्रिकाका बलर तबरेजज शाम्शीले ४ तथा कप्तान एडेन मार्कम र एनरिक नोकियाले एक एक विकेट लिए ।
यस अघि टस हारेर ब्याटिग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो । दक्षिण अफिकाका लागि रीजा हेनड्रिक्सले सर्वाधिक ४३ रन बनाए भने कप्तान एडेनले १५रन बनाएर आउट भए । यसेगरी ट्रीस्टाान स्टबसले अविजित २७ र क्वेटन डिककले १० रन बनाएका थिए ।नेपाली बलर दीपेन्द्रसिंह ऐरीले शानदार बलिग गरेर ४ विकेट लिए ।
यो हारसंगै नेपालको सुपर आठको सम्भावना सकिएको छ ।