यो सिजनको युरोपियन फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
जर्मनीमा आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन खेल जर्मनी र स्कटल्याण्डबीच शुक्रबार राति अबेर सुरु हुने जनाइएको छ । जर्मनीमा तेस्रो पटक हुन लागेको यूरोकपमा यसपटक रुस निलम्बनमा परेकोले सहभागि छैन् । जर्मनी,इगल्याण्ड,स्पेन र फ्रान्सलाई यसपटक पनि दावेदारको रुपमा हेरिएको छ । यिमध्ये जर्मनीले सर्वाधिक ३ पटक यूरोकप जितिसकेको छ भने इटाली र फ्रान्सले दुई दूई पटक जितेका छन् । इगल्याण्डले भने सनर १९६६ मा एकपटक मात्र यूरोकप जितेको छ । इटली पछिल्ला दुई विश्वकपमा छनौट चरणबाटै बाहिरिएको थियो ।
स्पेनसँग प्रतिभाशाली खेलाडीको बाहुल्यता भएको टिम छ । यस पटक जर्जियाले नवप्रवेशीको रुपमा यूरोकप खेल्दैछ । नेदरल्याण्डस,क्रोसिया र बेल्जियमको पनि खेल राम्रै हुने अपेक्षा गरिएको छ ।
खेलाडीको हिसावले फ्रान्सका एमबापे,बायर लिभरकुसन,जर्मनीका फ्लोरियन रिट्ज,स्पेनका रोड्री,पोर्चुगलका क्रिष्टियानो रोनाल्डो जस्ता चर्चित खेलाडीले राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । यि मध्ये रोनाल्डोले यूरोकपमा सबैभन्दा बढी २५ खेल खेल्नेमा रेकर्ड कायम गरेका छन् । सर्वाधिक गोलकर्तामा पनि उनकै नाम दर्ज छ । उनले यूरोकपमा १४ गोल गरेका छन् । यस पटक २४ टिमको सहभागितामा यूरोकप हुँदैछ । ६ समूहमा विभाजित टिमहरुमा हरेक समूहबाट शीर्षस्थानमा रहने दुई दुई टीम अघल्लिो चरणमा पुग्नेछन् ।