काठमाडौ । जारी आइसिसी टी २० विश्वकपम क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले हराएको छ ।
न्यूयोर्कस्थित नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विेकट गुमाएर बंगलोदशलाई ११४ रनको लक्ष्य दिएको थियो । बंगलादेशले जबाफमा ७ बिकेट गुमाएर १०९ रनमात्र बनाएर झिनो रन अन्तरबाट पराजित हुनपुग्यो । यो खेलमा दक्षिण अफ्रिकाको लागि सबैभन्दा बढी ४६ रन हेनरिक क्लासेनले बनाए । डेभिड मिलरले २९ र क्विन्टन डे ककले १८ रन बनाए भने अरु बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशको लागि तौहिद हदयदुले ३८ रन बनाए । यसैगरी महमुदुल्लाहले १६ र कप्तान नजमुल हुसेनले १४ रन बनाए ।
बंगलादेशको लागि तन्जिम हसन साकिब ३,तस्किन अहमद २ र तथारिशाद हुसेनले १ विकेट लिए भने उता दक्षिण अफ्रिकाकालागि केशव महाराजले ३ र कागिसो रवडा तथा एनरीज नोर्जेले दुई दुई विकेट लिए ।
यो जित सँगै दक्षिण अफ्रिकाले जारी विश्वकपमा लगातार ३ खेल जितेको छ ।