काठमाडौं । फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनौट अन्तर्गतको खेलमा आज नेपाल र युएई भिड्दैछन् ।
साउदी अरबमा न्यूट्रल भेनुको रुपमा यो खेल हुने भएको हो । नेपालको दशरथ रंगशालामा पूर्वाधार नपुगेको भन्दै अन्तराष्ट्रिय खेल खेलाउन नमिल्ने भएको बताएसँगै नेपालले घरेलु मैदानमा खेल्ने अबसरबाट बंञ्चित हुनुपरेको हो । यसैले साउदी अरबको प्रिन्स मोहमद बिन फाहद स्टेडियममा नेपाली समय अनुसार आज राती ९.४५ बजे खेल सुरु हुनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । जसमा गोलकिपर किरण चेम्जोंग,अभिषेक बराल र विशाल सुनार,डिफेन्डरमा अनन्त तामाँग,अभिषेक लिम्बु,विमल पाण्डे,विशाल बस्नेत,छिरिंग लामा,रोहित चन्द,सनिश श्रेष्ठ र सौभाग्य राई,मिडफिल्डर रहेका छन् भरत खवास, लकेन लिम्बु,मनिष डाँगी,बसन्त जिम्बा,सुमित श्रेष्ठ,मणिकुमार लामा र आशिष राई,े एवं फरवार्डतर्फ जिलेस्पेजंग कार्की,हिसुब थपलिया,आशिकबाबु चौधरी,सञ्जीव विष्ट र आयुश घलान रहेको जनाइएको छ ।