काठकाडौं । आइसीसी टी –२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’अन्र्तगतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।
अमेरिकाको डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालले दिएको १०७ रनको सामान्य लक्ष्यलाई ८ बल बाँकी हुँदै नेदरल्याण्डस्ले चार बिकेटको क्षतिमा भेट्टायो ।
कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै नेपालका लागि सर्वाधिक रह्यो । उनले ३७ बलमा ५ चौका प्रहार गरे । चौथो ओभरमै दुबै ओपनरलाई गुमाएको नेपालले दोश्रो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेखलाई पनि गुमायो । आशिफ चौथो ओभरको पहिलो बलमा ७ रनमै प्रिङ्ग्लेको बलमा भिभियन किंमाको हातबाट क्याच आउट भए । कुशल भुर्तेल भान विकको बलमा एलबीडब्लु धरापमा परेर बाहिरिए । कुशल मल्ल ९ रनमै क्याच आउट भए भने अनिल शाह ११ रन बनाएर बाहिरिए ।
यसैगरी यो खेलमा दिपेन्द्र सिंह ऐरी जम्नै सकेनन् १ रनमा क्याच आउटमा परे । सोमपाल कामी शून्य रनमै आउट भए ।
गुल्सन झा र करण केसीले छक्का प्रहार गरेर खेललाई लयमा फर्काउने कोशिस गरेपनि सम्भव भएन् । झाले १७ रन जोडेर क्याच आउट भए । करणले २ छक्कासहित १७ रन बनाएर १९ औ ओभरको पाँचौ बलमा ंिकंग्माको हातबाट क्याच आउट भए ।
गुल्सन झा १४ रनमा बोल्ड आउट गराइए । अविनास वोहोरा शुन्य रनमा कट एण्ड बोल्ड आउट भए भने सागर ढकाल शून्य रनमा अविजित रहे ।
यो खेलमा नेपालको ब्याटिङ चल्न सकेन भने फिल्डिङमा पनि केही सहज क्याचहरु छोडेर नेपाली खेलाडीहरुले गल्ती गरे । धेरै नेपाली समर्थकहरु नेपालको झण्डा र जर्सी सहित उत्साह बोकेर समर्थनमा हुटिङ गरेर नेपालको ध्यान विश्वतर्फ खिच्न सफल हुँदा पनि नेपाली टीमले अंक बटुल्नबाट चुक्यो ।