काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाली टोलीलाई विजयी हुनको लागि शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल मार्फत नेपाली टोलीलाई टी २० विश्वकपमा उत्कृष्ट प्रदर्शनको लागि आग्रह गरेका छन् । उनले आफ्ना तर्फबाट मायाको सम्झना समेत पठाउँदै विश्वभर रहेका नेपालीहरुले गर्व महसुस गर्नेगरी खेल प्रदर्शन गर्न समेत आग्रह गरेका छन् ।
बलत्कारको आरोपमा निलम्बनमा परेका लामिछान्ेलाई उच्च अदालतले सफाई दिएसँगै निलम्बन फुकुवा भएको थियो । उनलाई विश्वकप खेल्न पठाउने तयारीसँगै भिसा प्रकृया रद्द भएर उनको विश्वकप खेल्ने यात्रा रोकिएको थियो ।